धनगढी प्रयोगशालामा सुदूरपश्चिमका थप सात जनामा कोरोना संक्रमण
धनगढी, साउन ७ । धनगढीस्थित सेती प्रादेशिक अस्पतालको प्रयोगशालामा गरिएको परीक्षणमा सुदूरपश्चिमका थप सात जनामा कोरोना संक्रमण पुष्टि भएको छ।
पछिल्लो २४ घण्टामा एक सय ९१ जनाको परीक्षण गरिएकोमा कञ्चनपुरका चार, कैलालीका दुई र बझाङका एक जनामा संक्रमण पुष्टि भएको अस्पतालका सूचना अधिकारी दिलिपकुमार श्रेष्ठले जानकारी दिए ।
उनकाअनुसार कैलालीको धनगढी उप–महानगरपालिका वडा नम्वर १२ का ५३ बर्षीय पुरुष र वडा नम्वर १९ की १८ बर्षीया युवतीमा कोरोना पुष्टि भएको छ । यस्तै, कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका वडा नम्वर १ का चार वर्षीया बालिका र २४ वर्षीया युवती, बेदकोट नगरपालिका वडा नम्वर ४ का २२ वर्षीया युवती र ५२ वर्षीय पुरुषमा कोरोना संक्रमण पुष्टि भएको छ।
बझाङको छबिसपाथिभेरा गाउँपालिका वडा नम्वर ६ का २० वर्षीय युवकमा कोरोना पुष्टि भएको छ। यससंगै अहिलेसम्म सुदूरपश्चिममा कोरोना संक्रमितको संख्या चार हजार एक सय ३४ पुगेको छ। यसमध्ये हालसम्म दुई हजार दुई सय दुई जना डिस्चार्ज भइसकेका छन् । अहिलेसम्म आठ जनाको मृत्यु भएको छ।
७ साउन २०७७, बुधवार १०:१० बजे प्रकाशित































