आज यी पाँच स्थानमा भारी वर्षाको सम्भावना, सतर्क रहन आग्रह
काठमाडौं, साउन । आगामी २४ घण्टामा देशका केहि स्थानहरुमा हल्का देखि मध्यम वर्षा हुने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
आज प्रदेश १, प्रदेश २, बागमती प्रदेश, प्रदेश ५ र गण्डकी प्रदेशका एक वा दुई स्थानमा भारी वर्षाको समेत सम्भावना रहेको महाशाखाले जनाएको छ ।
ती स्थानहरुका नदीमा पानीको बहाव बढ्ने, पहाडी क्षेत्रमा भू-क्षय हुने, पहिरो जाने, सडक तथा हवाई यातायात प्रभावित हुने तथा ढलरपानीको राम्रो निकास नभएको ठाउँमा डुबान समेत हुन सक्ने भएकोले आवश्यक सतर्कता अपनाउन हुन महाशाखाले अनुरोध गरेको छ ।
अहिले देशभर सामान्य बदली रही प्रदेश ५ र गण्डकी प्रदेशका थोरै स्थानहरुमा हल्का वर्षा भईरहेको महाशाखाले जानकारी दिएको छ
७ साउन २०७७, बुधवार ०२:१२ बजे प्रकाशित































