कक्षा ११ को अधिकार पनि अब विद्यालयलाई, यस्तो बन्यो कार्यविधि

काठमाडौं, साउन ७ । राष्ट्रिय परीक्षा बोर्डले कक्षा ११ को परीक्षा लिने सम्पूर्ण अधिकार विद्यालयलाई नै दिने भएको छ । बोर्डले सो अधिकारसहितको कार्यविधि तयार गरेको छ ।

कार्यविधिमा कक्षा ११ को परीक्षा सञ्चालन र व्यस्थापन गर्न विद्यालयका प्रधानाध्यापकको संयोजकत्वमा वरिष्ठ शिक्षक र विषय शिक्षक रहेको तीन सदस्यीय समिति गठन गर्ने भएको छ । बोर्डले कक्षा १० को परीक्षाका लागि पनि सोही व्यवस्था गरेको थियो ।

बोर्डले कक्षा ११ को परीक्षाको अनुगमन गर्ने अधिकार आफ्नो मातहतमा राखेको छ । अब कक्षा ११ को परीक्षा लिने र लब्धाङ्क प्रमाणपत्र दिने अधिकार विद्यालयलाई नै दिइएको कार्यविधिमा उल्लेख छ ।

कक्षा ११ को प्रयोगात्मक परीक्षासमेत विद्यालयले नै लिने भएको छ । अब कक्षा १२ को परीक्षा मात्र बोर्डले लिनेछ । यसअघि बोर्डले ट्रान्सक्रिफ्ट बनाउँदा कक्षा ११ र १२ को ग्रेडलाई समेट्ने गरेको थियो । अब कक्षा १२ को मात्र ग्रेड राखेर ट्रान्सक्रिफ्ट वितरण हुनेछ ।

कार्यविधिमा गत वर्षको पूरक परीक्षाको सम्परीक्षण गर्ने अधिकार बोर्डले लिएको छ । अब कक्षा ११ को परीक्षा ९ कक्षाकै जस्तो विद्यालयबाटै सञ्चालन हुने, विद्यालयबाटै लब्धाङ्कपत्र दिइनेछ । कार्यविधि पारित भएसँगै सबै विद्यालयलाई कक्षा ११ को परीक्षा लिने बाटो खुल्नेछ । नेपाल समाचारपत्र


७ साउन २०७७, बुधवार ०१:४२ बजे प्रकाशित

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु