punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

इजरायलबाट नेपाल आइपुगे नेपाली विद्यार्थी

Chaupati
safha napa

काठमाडौँ । इजरायलबाट उद्धार गरिएका नेपाली विद्यार्थी नेपाल आइपुगेका छन्  । शुक्रवार बिहान करिब ३ बजे उनीहरु काठमाडौँस्थित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण भएका हुन् ।

राष्ट्रिय ध्वजाबाहक नेपाल वायुसेवा निगमको चार्टर उडान लिएर परराष्ट्रमन्त्री एनपी साउद बिहीबार इजरायल पुगेका थिए ।

इजरायलका विभिन्न स्थानबाट उद्धार गरिएका २५४ नेपाली विद्यार्थीलाई लिएर  फर्किएको विमान शुक्रबार बिहान काठमाडौँ अवतरण भएको हो ।

निगमको आरए २२९–२३५३ जहाज वरिष्ठ क्याप्टेन श्रवण रिजालको नेतृत्वको टोलीले उठाएको थियो ।

विमानमा सुदूरपश्चिम विश्वविद्यालय, कृषि तथा वन विज्ञान विश्वविद्यालय र त्रिभुवन विश्वविद्यालयका  विद्यार्थीहरु छन् ।


२६ असोज २०८०, शुक्रवार ०४:२७ बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु