punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

ग्रीन क्लिनद्वारा खादा र ब्याच प्रयोगमा प्रतिबन्ध लगाउन माग

Chaupati
safha napa

ग्रीन क्लिन धनगढीले धनगढी उपमहानगर क्षेत्रमा खादा र ब्याच प्रयोगमा प्रतिबन्ध लगाउन माग गरेको छ । ग्रीन क्लिन धनगढीका प्रतिनिधिहरुले बुधबार धनगढीका उपमहानगरपालिकाका मेयर गोपाल हमाललाईं अपिल पत्र बुझाउँदै खादा र ब्याच प्रयोगमा प्रतिबन्ध लगाउन माग गरेका हुन् ।

पछिल्लो समय धनगढीमा अतिथी सत्कार, सभा, सम्मेलन, गोष्ठी लगायत साना ठूला कार्यक्रमहरुमा खादा तथा ब्याचको प्रयोग अत्याधिक हुन थालेको र त्यसले एकातिर यस क्षेत्रको ठूलो पुँजी बाहिर गईरहेको छ भने अर्कातिर खादा र ब्याचको अत्याधिक प्रयोगले पर्यावरणमा समेत नकरात्मक असर पुर्यारइरहेको भन्दै ग्रीन क्लिनले खादा र ब्याच प्रयोगमा प्रतिबन्ध लगाइदिन अपिल गरेका हुन् ।

तत्कालीन संस्कृति, पर्यटन तथा नागरिक उड्यन मन्त्रालयले २०७३ सालमै आफ्नो मातहतका कार्यालयमा खादा तथा ब्याच प्रयोग नगर्न निर्देशन जारी गरिसकेको उदाहरण दिदैँ ग्रीन क्लिनले खादा तथा ब्याचको स्थानमा सबैले स्थानीय रुपमा उत्पादन भएको फुलको प्रयोग गरिदिदा आग्रह गरेको छ । त्यसले स्थानीय कृषकहरुलाई समेत टेवा पुग्ने विश्वास रहेको ग्रीन क्लिन धनगढीका निर्देशक समुयल न्यौपानेले बताए ।
अपिल पत्र बुझ्दै मेयर हमालले पर्यावरणमा असर पुर्या्उने खादा तथा ब्याच प्रयोगमा प्रतिबन्ध लगाउँदै स्थानीय उत्पादनलाईं टेवा पुर्यााउने कुरामा आफू सकरात्मक रहेको प्रतिक्रिया दिए । उनले केही धर्मालम्बीहरुले खादालाई विशेष रुपमा लिने भएकाले उहाँहरुले भने आफ्नो धार्मिक कार्यक्रममा प्रयोग गर्नमा कुनै रोकावट नरहेको बताए ।
अपिल पत्र बुझाउँन धनगढीमा रहेका ग्रीन क्लब अफ एसपीएसहित विभिन्न स्कुलका ग्रीन भोलिन्टियर्सहरुको सहभागिता रहेको थियो ।


२४ असोज २०८०, बुधवार १३:२३ बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु