punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

इजरायलबाट फर्कान चाहने बाँकी नेपालीलाई पनि स्वदेश ल्याउने प्रक्रिया शुरु

Chaupati
safha napa

इजरायलबाट स्वदेश फर्काउन बाँकी रहेकालाई पठाउन प्रक्रिया शुरु भएको इजरायलमा रहेको नेपाली दूतावासले जनाएको छ ।

इजरायलको तेल अभिभमा रहेको नेपाली दूतावासले विज्ञप्ति निकालेर नेपाल फर्कन चाहनेको सङ्ख्या अझै दुई सय जनाभन्दा धेरै रहेको र उनीहरुलाई स्वदेश फर्काउन सहजीकरण गर्ने प्रक्रिया शुरु भएको जनाएको हो । दूतावासका अनुसार नेपाल फर्कन चाहनेहरुले अनलाइनमार्फत् विवरण भर्ने क्रम पनि चलिरहेको छ ।

यस्तै, प्यालेस्टाइनी विद्रोही समूह हमासको आक्रमणमा परेर घाइते भएर इजरायलमै उपचार गराइरहेका तीन जनामध्ये एक जना डिस्चार्ज हुने क्रममा छन् ।  अर्का दुई जना घाइतेको भने उपचार भइरहेको छ । घाइतेमध्ये एक जना डिस्चार्ज भएर बिहान स्वदेश फर्किसकेका छन् ।
यस्तै, दूतावासका अनुसार हराइरहेका विपीन जोशीको खोजीलाई तीव्रता दिन इजरायल सरकारलाई फेरि आग्रह गरिएको छ । हमासको आक्रमणमा ज्यान गुमाएका १० जना विद्यार्थीको शव नेपाल ल्याउन इजरायलको नियम तथा प्रक्रिया अनुसार काम भइरहेको पनि इजरायलमा रहेको नेपाली दूतावासले निकालेको विज्ञप्तिमा उल्लेख छ ।

दूतावासले इजरायलमा रहेका नेपालीलाई संयम भएर दूतावाससँग समन्वय र सहकार्य गर्न तथा स्थानीय सुरक्षा निकायको निर्देशन पालना गर्न फेरि पनि आग्रह गरेको छ । इजरायलबाट २ सय ५४ जना आज बिहान स्वदेश फर्किसकेका छन् ।

बाँकी रहेका र नेपाल आउन चाहेकालाई पनि छिट्टै ल्याइने परराष्ट्रमन्त्री एनपी साउदले बताउनु भएको छ । उहाँले नियमित उडानमार्फत् पनि नेपालीलाई स्वदेश फर्काइने बताउनु भएको छ ।


२६ असोज २०८०, शुक्रवार १२:५० बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु