punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

बंकरमा रहेका सुवेदीसहित पाँच जनाको उद्धार गर्ने राजदूतावासको तयारी

Chaupati
safha napa

इजरायलस्थित नेपाली राजदूतावासले बंकरमा रहेका विपिन सुवेदीसहित पाँच जनाको उद्धार गर्ने तयारी गरेको छ। एनआरएनए इजरायलका अध्यक्षमा श्रीकृष्ण भण्डारीका अनुसार बेलुकासम्म नेपाली राजदूतावाससम्म उनीहरुको उद्धार गर्ने जानकारी दिए।

नेपालीहरूलाई यथासक्य सुरक्षित क्षेत्रतिर सार्न विशेष पहल गर्न इजरायलस्थित नेपाली राजदूतावासलाई दबाब सिर्जना गरिरहेको उनको भनाई छ। ‘आज बेलुकासम्म नेपाली दूतावास र एनआरएन इजरायलको संयुक्त टोलीले दक्षिण बोर्डरमा जहाँ आतङ्कवादी हमला भयो सो क्षेत्रमा बंकरमा रहेका नेपाललाई ल्याउन गाडी पठाइँदै छ।’ भण्डारीले अन्नपूर्ण पोस्ट्सँग भने,‘त्यो क्षेत्रमा रहेर असुरक्षित महशुस गरेका अन्यलाई पनि ल्याउने तयारी भइरहेको छ।’

सुवेदीले एक भिडियो सन्देश जारी गर्दै सकेको जति सुरक्षित ठाउँमा लगिदिन सरकारसँग आग्रह गरेका थिए। नेपालीहरू थप अत्तालिनुको कारण भने इजरायलका प्रधानमन्त्री बेन्जामिन नेतान्याहुले इजरायल युद्धमा रहेको र यो युद्ध लामो र कठिन रहने वक्तव्य दिएपछि थप असुरक्षित महसुुस गरेका हुन्। प्यालेस्टाइनले गरेको आक्रमणलाई इजरायलले काउन्टर अट्याक थालेपछि बोर्डर क्षेत्रमा थप त्रास बढेकाले नेपालीहरू आत्तिएको हुनसक्ने त्यहाँस्थित नेपाली बताउँछन्।


२२ असोज २०८०, सोमवार १३:५७ बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु