nast

डडेल्धुरामा झण्डै ५९ हजार नगदसहित ५ जना जुवाडे पक्राउ

डडेल्धुरामा झण्डै ५९ हजार नगदसहित जुवातास खेलिरहेको अवस्थामा पाँच जना पक्राउ परेको छन् ।जिल्लाको अमरगढी नगरपालिका ५ कीर्तिपुर बस्ने करन रोकायको घरको आगनमा जुवातास खेलिरहेका ५ जनालाई आइतबार राति प्रहरीले पक्राउ गरेको छ ।

विशेष सूचनाको आधारमा जिल्ला प्रहरी कार्याल डडेल्धुराबाट खटिएको प्रहरीले उनीहरूको साथबाट नगद ५८ हजार ८ सय ५० रुपैयाँ र ९ गड्डी ताससहितपक्राउ गरेको जनाएकाे छ ।

यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।


२२ असोज २०८०, सोमवार १४:०८ बजे प्रकाशित

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु