punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

कृषि विज्ञानमा भविष्य खोज्दै इजरायल पुगेका डोटीका पदमको भाउजूलाई अन्तिम मेसेज- ‘म मरे’

Chaupati
safha napa

गत भदौ १८ र १९ गते प्रयोगात्मक सिकाइका लागि ११ महिनाको ‘अर्न एन्ड लर्न प्रोग्राम’ का लागि इजरायल पुगेका सुदूरपश्चिम विश्वविद्यालयको कृषि संकायका आठौं सेमेस्टरका विद्यार्थीमध्ये हमास आक्रमणमा परी १० जना विद्यार्थीले ज्यान गुमाएका छन्।

शनिबार बिहानैबाट भएको आक्रमणमा परी १० नेपाली विद्यार्थीले ज्यान गुमाएका हुन् ।

सेदोत नेगेभ क्षेत्रमा पुगेका उनीहरु सुदूरपश्चिम विश्वविद्यालयको कृषि संकायका आठौं सेमेस्टरका विद्यार्थी हुन्।कमाउँदै कार्यक्रममा गत भदौ २५ गते इजरायल गएका कैलाली घोडाघोडी नगरपालिका ४ जनकपुरका नारायणप्रसाद न्यौपानेको परिवारमा यो समाचार बनाउँदासम्म इजरायलको घटनाबारे पत्तो छैन।

आक्रमणमा परी ज्यान गुमाएका डोटी जिल्लाको आदर्श गाउँपालिका वडा नं ५ घर भएका पदमा थापाले जल स्रोत तथा सिचाइ विकास डिभिजन कार्यालय राजपुर डोटीमा कार्यरत भाउजु एओ मेखु अधिकारीलाई अन्तिम मेसेज पठाउदै भनेका थिए- ‘म मरे’ ।

असोज २० गते डोटी लगायत धेरै ठाउँमा भुकम्पपछि देवर थापा र भाउजुबिच मेसेन्जरमा कुरासमेत भएको थियो ।

देवरको त्यस्तो मेसेजपछी भाउजू अतालिएकी थिईन । मेसेज आएको केही समयमा इजरायलमा आक्रमणमा नेपाली विद्यार्थी घाइते भएको खबरले घरपरिवार त्रासित बने ।

आइतबार छोराको मृत्युको खबरले घरपरिवारमा रुवाबासी चलेको छ ।


२२ असोज २०८०, सोमवार १२:०९ बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु