punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

इन्टरनेशनल लिग क्रिकेटको उपाधि एसपीए कलेजलाई

Chaupati
safha napa

महेन्द्रनगरमा आइतबार सम्पन्न इन्टरनेशनल टी–२० कप क्रिकेटको उपाधि धनगढीको एसपीए कलेजले जितेको छ ।

आइतबार भएको फाइनलमा महेन्द्रनगरको लिटिलबुद्ध एकेडेमीलाई ३ विकेटले पराजित गर्दै एसपीएले उपाधि उचालेको हो । उपाधिसँगै १ लाख नगद हात पार्यो ।

एसपीएले अपराजित रहदैँ प्रतियोगिताको उपाधि हात पारेको हो । महेन्द्रनगरस्थित क्रिकेट मैदानमा आइतबार सम्पन्न फाइनलमा एसपीएले पाएको ६४ रनको लक्ष्य १३.४ ओभरमा ७ विकेट गुमाएर भेट्टाएको थियो ।

एसपीएका आशिष लुहारले ६ बलमा १४ रन, विशाल विष्टले ८ र गौरव मल्लले ११ रन जोडे । लिटिलबुद्धका नरेन्द्र ऐडी ३ विकेट, राजेश ऐरले २ विकेट लिए ।

त्यसअघि टस जितेर ब्याटिङ गरेको लिटिलबुद्धका लागि पुकार चन्दले २३ र राजेश ऐरले १० रन जोडे । एसपीएका सागर साउदले ४, सौर्य श्रेष्ठ र खगेन्द्र कुँवरले समान ३–३ विकेट लिए ।

एसपीए कलेजले यस क्षेत्रमा स्कुल तथा कलेज क्रिकेट कपमा अधिपत्य जनाउँदै आएको छ । कलेजमा ८ जना अन्तर्राष्ट्रिय खेलाडीहरु छात्रवृत्तिमा अध्ययनरत् छन् ।


२१ असोज २०८०, आइतवार १७:३३ बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु