प्रतिनिधिसभाको बैठक आज बस्दै
संघीय संसदको प्रतिनिधिसभा बैठक आज बस्दैछ । बैठक दिउँसो १ बजेका लागि बोलाइएको छ ।
आजको बैठकमा विद्यालय शिक्षा विधेयक-२०८० पेस गर्ने सम्भावित कार्यसूची रहेको छ ।
तर नेकपा एमालेले आजको बैठक चल्न दिनेमा शंका रहेको छ । सुन तस्करीको विषय छानविन गर्नको लागि सरकारले आयोग नबनाएको भन्दै एमालेले आपत्ति जनाइसकेको छ ।
यसअघि भएको सहमति अनुसार असोजको पाँच गतेभित्र आयोग बनाउनुपर्ने थियो । तर आयोगको कार्यादेशमै दलहरुबीच कुरा नमिलेपछि आयोग बन्न सकेको छैन ।
१४ असोज २०८०, आइतवार ०९:३० बजे प्रकाशित































