सुदूरपश्चिमका तीन मन्त्रालय र प्रदेशसभा नजिकै बम फेला, सेनाले गर्यो ‘डिस्पोज’
धनगढी, साउन ६ । सुदूरपश्चिम प्रदेशका तीन मन्त्रालय र प्रदेशसभा नजिकै बम जस्नै शंकास्पद बस्तु फेला परेका छन् ।
तीनवटै स्थानमा फेला परेको बम नेपाली सेनाको टोलीले डिस्पोट गरेको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी नायव उपरीक्षक प्रतिक बिष्टले बताए । उनकाअनुसार भौतिक पूर्वाधार विकास मन्त्रालय र आर्थिक मामिला मन्त्रालयमा जाने बाटो, सामाजिक विकास मन्त्रालय जाने बाटो र प्रदेशसभा नजिकै बम फेला परेको हो ।
प्रहरी नायव उपरीक्षक विष्टले बम भेटिएको बारे अनुसन्धान भइरहेको बताए । आजै नेत्रविक्रम चन्द विप्लव नेतृत्व नेकपाले पनि सुदूरपश्चिम बन्दको आह्वान गरेकाले उसले नै विभिन्न स्थानमा शंकास्पद बस्तु राखेको हुनसक्ने प्रहरीको आशंका छ ।
६ साउन २०७७, मंगलवार ०३:२६ बजे प्रकाशित































