विश्वभर २४ घण्टामा पाँच हजार बढी कोरोना संक्रमितको मृत्यु
काठमाडौं, साउन ६ । विश्वभर पछिल्लो २४ घण्टामा कोरोना भाइरस संक्रमणका कारण पाँच हजारभन्दा धेरै मानिसको मृत्यु भएको छ ।
विश्व स्वास्थ्य संगठनका अनुसार पछिल्लो २४ घण्टाको अवधीमा ५ हजार १११ कोरोना संक्रमितको ज्यान गएको हो ।
कोरोनाका कारण हालसम्म हालसम्म ज्यान गुमाउनेको संख्या ६ लाख ३ हजार ६९१ पुगेको विश्व स्वास्थ्य संगठनको तथ्यांकमा उल्लेख छ ।
तथ्यांकअनुसार कोरोना भाइरस विश्वका २१६ देशमा फैलिएको छ । नेपालमा हालसम्म कोरोना भाइरस संक्रमणका कारण ४० जनाको मृत्यु भइसकेको छ ।
६ साउन २०७७, मंगलवार ०२:३८ बजे प्रकाशित































