punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

धनगढी र गोदावरीलाई जोड्ने गरी प्रदेश राजधानी स्थापना गरिने

Chaupati
safha napa

कैलालीको गोदावरी नगरपालिका र धनगढी उपमहानगरपालिकालाई जोड्ने गरी प्रदेश सरकारले राजधानी स्थापना गर्ने तयारी थालेको छ।

छ बर्ष अघि अर्थात २०७५ असोज १२ मा प्रदेश सभाले सुदूरपश्चिमको राजधानी कैलालीको गोदावरी नगरपालिका वडा नम्बर २ र ४ मा पर्ने तेघरी क्षेत्रमा बनाउने निर्णय गरेको थियो । तर पनि हालसम्म सुदुरपश्चिम प्रदेशको राजधानी कार्यान्वयन हुन सकेको छैन्। बिगतको सरकारले गोदावरी नगरपालिकाको तेघरीलाई प्रदेश राजधानी बनाउने निर्णय गरेपनि जमीनको स्वामित्व र बजेट नहुदा राजधानी निर्माणको प्रकृया अघि बढाउन सकेको थिएन ।

प्रदेश सरकारका एक मन्त्रीका अनुसार हाल धनगढीमा रहेका मन्त्रालयहरुबाटै प्रदेश सरकार चलाउने र गोदावरी नगरपालिकाको गेटामा मन्त्रीहरुको आवास निर्माण गर्ने सोच रहेको छ। विकासका लागि बजेट छैन। नयाँ मन्त्रालय र राजधानी निर्माण गर्न कहाँबाट बजेट ल्याउने रु उनले भने, राजधानी निर्माणभन्दा पनि बिकास हाम्रो प्राथमिकतामा छ । उनले धनगढीबाट डडेल्धुरामा राजधानी सार्ने कुरामा कुनै सत्यता नरहेको समेत बताए। हालको बजेटले तेघरीमा राजधानी निर्माण गर्न नसकिने विद्यमान प्रदेश सरकारको ठहर छ।

सोही कारण दुबै पालिकाकाको भावनालाई सम्बोधन गर्दै धनगढीमा मन्त्रालय र गोदावरीमा आवास निर्माण गरिने प्रदेश सरकारका मन्त्रीले बताए ।सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले भदौ २० गते बुधबार डडेल्धुरामा पत्रकार सम्मेलनमा राजधानी सार्न सकिने बताएका थिए । उनले गोदावरीमा राजधानी बनाउने नसकिने अवस्था आए त्यसको विकल्प खोजिने पनि बताए। उनले एक चरणमा संघीय सरकारसँग यहाँको राजधानीका बारेमा सबै कुरा राखेर विकल्पको बारेमा पनि छलफल अगाडि बढाइने उल्लेख गरेका थिए।

अब हामी वन मन्त्रालयदेखि सरोकारवाला मन्त्रालयलसँग अनुमति लिएर राजधानी बनाउने प्रक्रियामा अगाडि बढ्छौँ।’उनले राजधानीका विषयमा चाँडै टुंग्याउने बताएका थिए। यसअघि कैलाली क्षेत्र नम्बर ४ बाट प्रतिनिधि सभा सांसद रहेका वीरबहादुर बलायरले राजधानी गोदावरी नगरपालिकाकै चौकीडाँडामा बनाउन लबिङको नेतृत्व नै थालेका थिए।बलायरले चौकीडाँडामा ६५ बिघा जग्गा रहेको र त्यहाँ रूख पनि काट्न नपर्ने भएकाले राजधानी त्यहीँ सार्न प्रधामन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई रिपोर्ट दिइएको बताएका थिए ।

 


२४ भदौ २०८०, आइतवार १६:३४ बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु