सुनको मूल्य तोलामा ४ सय रुपैयाँले घट्यो, चाँदीको कति ?

आइतबार नेपाली बजारमा सुनको मूल्य तोलामा ४ सय रुपैयाँले घटेको छ । गत शुक्रबार प्रतितोला १ लाख १२ हजार ३ सय रुपैयाँमा कारोबार भएको छापावाला सुनको मूल्य आज तोलामा ४ सय रुपैयाँले घट्दै १ लाख ११ हजार ९ सय रुपैयाँ कायम भएको हो ।

यस्तै तेजाबी सुनको मूल्य पनि आज तोलामा ४ सय रुपैयाँले नै घट्दै १ लाख ११ हजार ३ सय ५० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

यता चाँदीको मूल्य भने गत शुक्रबारको तुलनामा तोलामा १० रुपैयाँले घट्दै आज १ हजार ३ सय ९५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।

 


२४ भदौ २०८०, आइतवार १२:१८ बजे प्रकाशित

dipayal silgadhi

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु