punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

प्रधानमन्त्रीले बोलाएको सर्वदलिय बैठक जारी

Chaupati
safha napa

संसदमा प्रतिनिधित्व गर्ने दलहरुको संयुक्त बैठक जारी छ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको आह्वानमा सर्वदलिय बैठक बसेको हो ।

आजको बैठक दाहालको आसन्न चीन भ्रमणमा केन्द्रीत रहेको बुझिएको छ । प्रधानमन्त्री दाहाल संयुक्त राष्ट्रसंघको महासभामा भाग लिन न्युयोर्क जाने र उतैबाट भ्रमणका लागि चीन जाँदैछन् ।

भ्रमणको तयारी र एजेण्डाबारे जानकारी गराउन दाहालले सर्वदलिय बैठक बोलाएका हुन् । पूर्वप्रधानमन्त्रीहरु, संसदमा प्रतिनिधित्व गर्ने दलका नेताहरु र पूर्वपरराष्ट्रमन्त्रीहरु लगायतको उपस्थिति रहेको छ ।


२४ भदौ २०८०, आइतवार ११:४० बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु