punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

आज धनगढीमा समाजवादी मोर्चाको ‘सन्देश सभा’ , सभालाई सम्बोधन गर्न प्रधानमन्त्री प्रचण्ड धनगढी आउँदै

Chaupati
safha napa

धनगढी । समाजवादी मोर्चाले आज बुधबार धनगढीमा सन्देश सभाको आयोजना गर्दैछ।

आज दिउँसो १ बजे सुदूरपश्चिमस्तरीय सभा आयोजना गरेर समाजवादी मोर्चाको उद्देश्य र सन्देश प्रवाह गरिने समाजवादी मोर्चाले जनाएको छ ।

सभालाई सम्बोधन गर्न प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ धनगढी  आउदै छन्।

एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल, जसपाको केन्द्रीय कार्यकारिणी सदस्य  तथा सुदूरपश्चिम इन्चार्ज गोविन्द चौधरीले सम्बोधन गर्ने छन्।

त्यस्तै नेकपाका महासचिव नेत्रविक्रम चन्द विप्लवले पनि सभालाई सम्बोधन गर्ने कार्यक्रम  कार्यक्रम रहेको छ ।

समाजवादी मोर्चाले सातै प्रदेशमा सन्देश सभा गर्दै छ।

यसअघि भदौ ८ गते वीरगञ्ज र मंगलबार लुम्बिनी प्रदेशको बुटवलमा सभा आयोजना गरेको थियो। सुर्खेतमा १४ गते, पोखरामा १५ गते सभाको तयारी गरेको छ।

त्यस्तै हेटौडामा २३ गते र विराटनगरमा भदौ २५ गते सभा गर्ने तयारी रहेको समाजवादी मोर्चाले जानकारी दिएको छ।

४–४ महिनामा नेतृत्व फेरिने मोर्चाको संयोजक अहिले एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल छन् भने सदस्य सचिव त्यही पार्टीका उपाध्यक्ष प्रमेश हमाल रहेका छन्।


१३ भदौ २०८०, बुधवार ०९:३६ बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु