आज धनगढीमा प्रधानमन्त्रीले सम्बोधन गर्ने समाजवादी मोर्चाको ‘संदेश सभा’ स्थगित

धनगढी । समाजवादी मोर्चाको आज  बुधवार धनगढीमा हुने ‘सन्देश सभा’ स्थगित भएको छ।

‘सन्देश सभा’ मोर्चाले सातै प्रदेशमा गर्ने  कार्यक्रम तय गरेअनुसार बुधवार सुदूरपश्चिम प्रदेशको धनगढीमा कार्यक्रम हुन लागेको थियो।

आजबाट एमसिसी परियोजना लागु गर्ने तयारी रहेकाले सभा स्थगित गरिएको जनाइएको छ।

आज दिउँसो सिंहदरबारस्थित अर्थ मन्त्रालयमा विशेष कार्यक्रम गरी एमसिसी कार्यान्वयनमा आएको घोषणा गरिनेछ।

समाजवादी मोर्चाको धनगढीमा हुने आजको सभामा प्रधानमन्त्री प्रचण्डलगायत मोर्चामा आबद्ध दलका शीर्ष नेताहरुले सम्बोधन गर्ने कार्यक्रम रहेको थियो ।


१३ भदौ २०८०, बुधवार १०:२२ बजे प्रकाशित

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु