punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

कञ्चनपुरका एक जनाको डेंगु संक्रमणबाट धनगढीमा मृत्यु

Chaupati
safha napa

कञ्चनपुरका एक जनाको डेंगु संक्रमणबाट धनगढीमा मृत्यु भएको छ।

बेलौरी नगरपालिका–८ पचुइ, स्कूल टोलका २८ वर्षीय हिक्मत खत्रीको डेंगुका कारण मृत्यु भएको हो। अत्यधिक ज्वरो आएपछि उपचारका लागि धनगढी ल्याइएका उनको सोमबारराति मृत्यु भएको छ। रोजगारीको सिलसिलामा भारतमा रहेका उनी एक हप्ता अगाडि मात्रै घर फर्किएका थिए।

बेलौरी नगरपालिका–८ का वडाध्यक्ष विषमराम रानाका अनुसार उपचारका क्रममा खत्रीको धनगढीस्थित नोभा अस्पतालमा मृत्यु भएको हो। एक साताअघि घर आएका खत्रीलाई अत्यधिक ज्वरो आएपछि उनलाई परिवारजनले उपचारका लागि धनगढी लगेका थिए। भारतबाटै डेङ्गुको सङ्क्रमण भएको वा यहाँ फर्केपछि सङ्क्रमण भएकोबारे जानकारी हुन नसकेको वडाध्यक्ष रानाले बताए

 


१२ भदौ २०८०, मंगलवार १३:३६ बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु