punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

बाजुराबाट सेनाको हेलिकोप्टरमार्फत दुई जनाको उद्धार

Chaupati
safha napa

बडिमालिकाको दर्शन गर्न गएका दुई जनालाई नेपाली सेनाको हेलिकोप्टरबाट उद्धार गरिएको छ। अक्सिजन अभावका कारण बिरामी भएपछि मङ्गलबार नेपाली सेनाको हेलिकोप्टरबाट दुई जनाको उद्धार गरिएको जिल्ला प्रशासन कार्यालय बाजुराले जनाएको छ।

सोमबार बडीमालिकाको त्रिवेणी धाममा अक्सिजन अभावका कारण लडेर घाइते भएका कालिकोट कलापा गाउँपालिका–१ का ३९ वर्षीय धनप्रसाद न्यौपाने र दमको रोगबाट ग्रसित बझाङको जयपृथ्वी नगरपालिका–९ की करिब ७० वर्षीया झुपु धामीको नेपाली सेनाको एनए ०६१ बेल को हेलिकोप्टरबाट उद्धार गरिएको जिल्ला प्रहरी कार्यालय बाजुराका प्रहरी नायब उपरीक्षक कविन्द्रसिंह बोहराले बताए।

लडेर घाइते भएका न्यौपानेको टाउकोमा गम्भीर चोट लागेकाले अवस्था चिन्ताजनक छ भने धामीको अवस्था सामान्य रहेको र उपचारपछि निको भएर फर्काइएको छ।


१२ भदौ २०८०, मंगलवार १३:२३ बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु