punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

भिडिओमा प्रयोग भएको आवाज मेरो होइन : निमित्त वन निर्देशक भट्ट

Chaupati
safha napa

धनगढी । सुदूरपश्चिम प्रदेशमा लेखा समितिले बनाएको उपसमितिले सुदूरपश्चिम वन निर्देशनालयका निमित्त निर्देशक कृष्णदत्त भट्टको सोमवार बयान लिएको छ।

भट्टले पदको दुरुपयोग गर्दै अवैध रकम असुली गरेको र आध अनुदान रकम दुरुपयोग गरेको भन्दै सोमवार लेखा समितिमा उजुरी परेको थियो। उक्त विषयमा सोमवार नै लेखा समितिले बैठक आह्वान गरी छानबिन उपसमिति गठन गरेको थियो। उक्त छानबिन उपसमितिले भट्टलाई भौतिक रूपमै उपस्थित गराएर बयान लिएको हो। उपसमितिले भट्टलाई ९ प्रश्न सोधेको थियो। भट्टले भिडियोमा देखिएको व्यक्ति आफू भएपनि त्यसमा बोलेको कुरा आफ्नो नभएको बताएका छन्। ‘भिडियोमा देखिएको स्थान मेरो निवास हो, देखिएको व्यक्ति पनि म हुँ’ उनले भनेका थिए, ‘त्यसमा गरिएको संवाद मेरो होइन।’ उनले आफूलाई फसान आफ्नो भिडिओमा अरूले आवाज दिएको संसदीय उपसमितिलाई जवाफ दिएका हुन्।

आज उपसमितिका संयोजक मानबहादुर धामी, सदस्यहरू बेलबहादुर राना मगर, वीर बहादुर थापा, टिका थापा र खेमा देवी विष्ट सबै थिए। नीहरुले सुदूरपश्चिम प्रदेश वन निर्देशनालय मातहतका कार्यालयहरूबाट घुस बापत रकम असुली गरेको भिडिओ देखाएरै भट्टको बयान लिएका थिए। वन मातहतकै कर्मचारीलाई फोन गरेर भट्टले आफ्नो नियुक्ति रोक्न लागेको आरोप लगाउँदै वन मन्त्री रमेश धामीलाई अपशब्द प्रयोग गर्दै गाली गरेको विषयमा पनि भट्टले आफूलाई जानकारी नभएको बताए। उनले त्यो आवाज पनि आफ्नो नभएको बयान दिएका छन्।

उनले अनुदान रकम दुरुपयोग गरेको बिषयमा भने केहि रकम अनुदान लगेको तर, आफ्नो नाममा फर्म नभएको बताए। १३ गते फेरी बोलाउने गरि आजको बयान सकिएको उपसमिति संयोजक मानबहादुर धामीले बताए।

 


१२ भदौ २०८०, मंगलवार ०८:३२ बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु