punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

बझाङमा आमाछोरालाई छुरा प्रहार गर्ने चौधरी पक्राउ

Chaupati
safha napa

बझाङमा गत मंगलबार राति सुतिरहेका आमाछोरामाथि छुरा प्रहार गर्ने एक युवक पक्राउ परेका छन्। बझाङ सदरमुकाम चैनपुरको प्रशासन रोडस्थित चौगाउँटोलमा भएको उक्त घटनामा तीन जना घाइते भएका थिए।

घटनामा संलग्न कैलाली जिल्ला कैलारी गाउँपालिका–१ का २२ वर्षीय स्यानु चौधरीलाई प्रहरीले पक्राउ गरी सोमबार पत्रकार सम्मेलनमार्फत् सार्वजनिक गरेको छ।

सदरमुकाम चैनपुरमा निर्माणको काममा मजदुरी गर्दै आएका उनले प्रहार गरेको छुराबाट चैनपुरमा कोठा भाडामा लिएर बस्दै आएकी सुर्मा गाउँपालिकाकी २९ वर्षीया सुनिता विक र उनका छोराहरू ७ वर्षीय आदित्य र ५ वर्षीय एबल विक घाइते भएका थिए।

चौधरीले अपराधमा आफ्नो संलग्नता स्वीकार गरिसकेको जिल्ला प्रहरी कार्यालय बझाङले जनाएको छ। राति १२ बजेतिर अनुहार मास्कले ढाकेर लुटपाट गर्ने उद्देश्यले कोठाभित्र छिरेको र मान्छेले आफू पसेको थाहा पाएपछि छुरा प्रहार गरेको चौधरीले प्रहरीसमक्ष बयान दिएका छन्।

उनलाई कैलालीस्थित उनकै घरबाट पक्राउ गरिएको बझाङ जिल्लाका प्रहरी प्रमुख डीएसपी जागेश्वर भण्डारीले बताए। चक्कु प्रहारबाट घाइते तीनै जनाको जिल्ला अस्पतालमा उपचार भइरहेको छ। छुरा प्रहारबाट आमाको घाँटी र छातीमा चोट लागेको छ। बच्चाहरूको अनुहार, छाती, घाँटी र पिठ्यूँमा चोट लागेको छ।


११ भदौ २०८०, सोमवार १९:५७ बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु