punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

बाजुराकी उज्जलीले बाटोमै बच्चा जन्माइन्

Chaupati
safha napa

बाजुरामा एक महिलाले बाटोमै बच्चा जन्माएकी छन्। खप्तड छेडेदह गाउँपालिका १ काँडाकी ३२ वर्षीया उज्जली सुनारले बाटोमै बच्चा जन्माएकी हुन्।

सुत्केरी व्यथा लागेपछि अछामको बयलपाटा अस्पतालमा पुगेकी उज्जलीलाई स्वास्थ्यकर्मीले घर पठाएका थिए। अस्पतालमा चिकित्सकले चेकअप गर्दा बच्चा पाउने अवधि १४ दिन नाघिसकेको र तत्काल अप्रेसन गरेर सुत्केरी गराउनुपर्ने अवस्था रहेको बताएका थिए।

आफन्तले भारतको दिल्लीमा लग्ने भन्दै घर फिर्ता ल्याएपछि बाटोमा बच्चा जन्माएको सिगाडा सामुदायिक स्वास्थ्य केन्द्रमा कार्यरत अनमी सिर्जना सार्कीले बताइन्।

घर फर्किने क्रममा बाजुराको बुढिगंगा नगरपालिका वडा न–१० स्थित पानीभुवाको सडकमा उनले बच्चा जन्माएको सार्कीले बताइन्। बाटोमा उज्जली सुनार व्यथा लागेर ढलेको अवस्थामा स्वास्थ्यकर्मी सिर्जना सार्कीले भेटाएकी थिइन्।

अनमी सिर्जना सार्कीले बाटोमै सुत्केरी गराउनमा सहयोग गरेकी थिइन्। अहिले आमा र नवजात शिशुको अवस्था सामान्य रहेको स्वास्थ्यकर्मी सिर्जनाले बताइन्। बाजुराको दुर्गम गाउँका उज्जलीजस्तै बाटोमा र घरमा बच्चा जन्माउने संख्या निकै रहेको छ।


११ भदौ २०८०, सोमवार १९:४८ बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु