punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

बिरामी मृत्यु प्रकरण : तीन बुँदे सहमति

Chaupati
safha napa

धनगढी । धनगढीस्थित स्वस्तिक अस्पतालमा पत्थरीको अप्रेसनका क्रममा चिकित्सकले  बिरामीको किड्नी झिक्दा मृत्यु भएको घटनामा सहमति भएको छ । सोमबार साँझ मृतकका  आफन्त र अस्पतालबीच तीन बुँदे सहमति भएको हो  ।

अस्पतालमा उपचाररत बिरामीको मृत्यु भएपछि सोमबार दिनभर सो अस्पतालमा तनाव भएको थियो ।

मृतकका आफन्त राजकुमार चौधरीका अनुसार सहमतिमा मृतकका एमबीबीएस अध्ययनरत छोरा ज्योतिप्रकाश चौधरीको पढाई खर्च ब्याहोर्ने,  २ छोरीहरूको विवाह खर्च ब्याहोर्ने र उपचारमा लापरबाही गर्ने डाक्टर जोनस तिवारीलाई कारबाही गर्ने सहमति भएको छ ।

उपचारको लागि अस्पताल भर्ना भएका कञ्चनपुरको बेलौरी नगरपालिका १० शिवनगरका ५५ वर्षीय ऐजनलाल चौधरीको मृत्यु भएको थियो ।

उपचारको क्रममा डाक्टरले चौधरीको बायाँ किड्नी झिकेपछि अत्यधिक रक्तश्रावले मृत्यु भएको अस्पतालले जनाएको छ ।


११ भदौ २०८०, सोमवार १९:३८ बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु