punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

कैलालीमा स्प्रुजु कम्पनीको सिल प्याक पानी बोतलमा भेटियो लेउ

Chaupati
safha napa

कैलालीको अत्तरियामा एक होटलमा बिक्रीका लागि राखिएको सिल प्याक पानी बोतलमा लेउ भेटिएको छ। अत्तरियामा रहेको स्प्रुजु कम्पनीले उत्पादन गर्दै आएको पानीको बोतलमा लेउ भेटिएको हो। अत्तरियाको महेन्द्रनगर रोडमा रहेको सम्झना होटल एण्ड जि.बि नास्ता पसलमा बिक्रिका लागि सिल प्याक गरेर राखिएको उक्त कम्पनीको पानीको बोतलमा लेउ भेटिएको हो।

अत्तरिया उद्योग वाणिज्य संघका कोषाध्यक्ष हेम भण्डारीले नास्ता गर्ने क्रममा पानीमा लेउ रहेको थाहा पाएको बताएका छन्। उनले म्याद कायम रहेको उक्त कम्पनीका दुई ओटा सिल प्याक पानीका बोतलहरुमा लेउ भेटिएको बताए । होटल सञ्चालक धन बहादुर साउँदले पानीमा लेउ भेटिएको विषयमा कम्पनीका मानिसलाई जानकारी गराउदा पनि मतलब नगरिएको बताए ।


३१ साउन २०८०, बुधवार १५:१९ बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु