punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

अब सामाजिक सुरक्षाको दायराबाट कोही पनि बाहिर हुनेछैनन्ः प्रधानमन्त्री प्रचण्ड

Chaupati
safha napa

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले सामाजिक सुरक्षा योजनामा अनौपचारिक क्षेत्रमा कार्यरत झण्डै ४० देखि ५० लाख श्रमिक र मजदुरहरुलाई सहभागी गराउने योजना रहेको बताएका छन् । आज (बुधबार) काठमाडौंमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दैै सामाजिक सुरक्षा योजना श्रमिक र मजदुरहरुलाई सहभागी गराउने कार्य महत्वपूर्ण र ऐतिहासिक भएको समेत प्रधानमन्त्री प्रचण्डले बताए ।

‘आजको दिनलाई श्रमिक अधिकार स्थापनको एउटा महत्वपूर्ण र ऐतिहासिक दिनको रुपमा हामी सबैले लिने छौ भन्ने मैले विश्वास गरेको छ । यो योजना अन्तर्गत अनौपचारिक क्षेत्रका झण्डै ४० देखि ५० लाख श्रमिक र मजदुरहरुलाई कार्यक्रममा क्रमश सहभागी गराइने छ,’– उनले भने ।

प्रधानमन्त्री प्रचण्डले देशमा धेरै लामो संघर्ष र निकै ठूलो त्याग, बलिदानपछि संघीय लोकतान्त्रिक गणतन्त्र घोषणा भएपनि श्रमिकहरुका बारेमा राज्यले गम्भीरतापूर्वक लिन नसकेको बताए ।

‘संविधानमा नेपाल समाजवाद उन्मुख राज्य हुने छ भन्ने व्यवस्था पनि गरियो । तर, गएको अवधिमा समाजवाद उन्मुख राज्य बनाउनका निम्ति राज्यका तर्फबाट गम्भीरताको साथ लिइनुपर्ने थियो ।’ प्रधानमन्त्री प्रचण्डले भने, ‘ त्यसमा कही न कही गति अवरोध भएको हामीले महसुश गरेकै हो । अहिले सामाजिक सुरक्षा केवल सामान्य अवधारणमात्रै होईन हाम्रा लागि ।’

सामाजिक सुरक्षा अभियान समाजवादको महत्वपूर्ण आधारमा भएको उनले बताए । उत्पीडित र अन्यायमा परेका श्रमिकहरुका लागि यो महत्वपूर्ण रहेको प्रधानमन्त्री प्रचण्डले बताए । कोष श्रमिकहरुको भरोसाको आधार भएको प्रधानमन्त्री प्रचण्डले बताए ।

अनौपचारिक क्षेत्र खास गरी कृषि, निर्माण, यातायात तथा घरेलु श्रमिकले हात पाखुरा चल्दासम्म श्रम गर्न र शारीरिक अशक्तता भएको खण्डमा आँशु चुहाउँदै रित्तो हात घर फर्किनुपर्ने नियतिमा यो अभियानले गुणात्मक फड्को हान्ने र ब्रेक थ्रू गर्ने प्रधानमन्त्री प्रचण्डको विश्वास रहेको छ । नेपालमा सामाजिक सुरक्षाको दायराबाट कोही पनि बाहिर नहुने उनले बताए ।


३१ साउन २०८०, बुधवार १५:०६ बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु