punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

कञ्चनपुरबाट काठमाण्डौ लैजाँदै गरेको १५ बोरा गाई गोरुको छाला बरामद, २ जना पक्राउ

Chaupati
safha napa

कञ्चनपुरबाट काठमाण्डौ लैजादै गरेको अवस्थामा गाई, गोरुको छाला बरामद गरिएको छ । आइतबार कञ्चनपुरको पुनर्वास नगरपालीका ११ आईबिआरडि डोकेबजारमाबाट काठमाण्डौ जाँदै गरेको सु.प.प्र.को ०२-००१ ख ११०८नंम्बरको बसलाई प्रहरीले चेकचाँच गर्दा गाई, गोरुको छाला बरामद गरेको हो ।

जिल्ला प्रहरी कार्यालय कञ्चनपुर मातहत प्रहरी चौकी परासनबाट खटिएको प्रहरी टोलीले उक्त बसलाई चेकचाँच गर्दा कञ्चनपुर पुनर्वास ३ आईबिआरडिका ५२ बर्षीय ङेने तामाङ्ग र सिन्धुपाञ्चोक सुनकोशी गाउँपालीका ४ जागिरे यमुनाका ४० बर्षिय सन्तोष कुमार खड्कालाई छालासहित पक्राउ गरेको हो। उनीहरुको साथबाट १५ बोरा ९९ प्रति बोरा १०० जम्मा १५० पिस० गाई, गोरुको छाला बरामद गरीएको छ । पक्राउ परेका दुबैजनालाई प्रहरीले नियन्त्रणमा लिई कञ्चनपुर जिल्ला अदालतबाट म्याद थप लिई अन्य अनुसन्धान भईरहेको जनाएको छ


१६ साउन २०८०, मंगलवार ११:१२ बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु