punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

धनगढीबाट लागुऔषधसहित दुई जना पक्राउ

Chaupati
safha napa

कैलालीको धनगढीबाट लागुऔषधसहित दुई जना पक्राउ परेका छन्। आइतबार धनगढीका छुट्टाछुट्टै स्थानबाट लागुऔषधसहित दुई जना पक्राउ परेका हुन्। धनगढी उपमहानगरपालिका–२ का २७ वर्षीय योगेश कुँवर र वडा नम्बर १ का २६ वर्षीय कुनाल खड्कालाई ३ सय ५० मिलिग्राम लागुऔषधसहित धनगढी उपमहानगरपालिका–२ सन्तोषी टोलबाट पक्राउ परेका छन्।

त्यस्तै जोशिपुर गाउँपालिका–६ सिमरीका १९ वर्षीय अर्जुन बडायकलाई ३ सय मिलिग्राम लागुऔषधसहित पक्राउ परेका छन्। टीकापुर नगरपालिका–७ का २० वर्षीय रामसुरेश चौधरी १ ग्राम लागूऔषधसहित भजनी नगरपालिका–५ कव्वाखेडा घाटबाट पक्राउ परेका छन्। त्यस्तै कञ्चनपुरको कृष्णपुर नगरपालिका–७ चम्मन चौराहबाट पनि लागूऔषधसहित थप एक जना पक्राउ परेका छन्।

एक सय मिलिग्राम लागुऔषधसहित कृष्णपुर नगरपालिका–७ सिगलपट्टीका २४ वर्षीय बिकास बिकलाई आइतबार राति प्रहरीले पक्राउ गरेको हो। इलाका प्रहरी कार्यालय गुलरिया, इलाका प्रहरी कार्यालय रैकवार र अस्थायी ट्राफिक प्रहरी पोष्ट गुलरियाबाट खटिएको संयुक्त टोलीले से. ५ प ७९९९ नम्बरको मोटरसाइकल जाँच गर्ने क्रममा चालक बिकलाई लागूऔषधसहित पक्राउ गरिएको हो।

 


१५ साउन २०८०, सोमवार १५:५९ बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु