punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

कञ्चनपुरमा भारतीय नागरिक लुट्ने ‘बास्सा र ‘ल्याङ’सहित तीन जना पक्राउ

Chaupati
safha napa

कञ्चनपुरमा प्रहरी हौँ भन्दै लुटपाट गर्ने ३ जना पक्राउ परेका छन् । प्रहरीका अनुसार जिल्लाको शुक्लाफाँटा नगरपालिका-५ का बाशा भनिने रवि साउँद, सुरेन्द्र विष्ट (ल्याङ) र भुवन ऐर पक्राउ परेका हुन् ।

उनीहरुले भारतको पिलिभित ग्राम हरीकृष्णपुर उत्तर प्रदेशका २४ वर्षीय मोहित कुमार र उद्यमसिंहनगर ग्राम मसिद उत्तराखण्डका अशरफ अहमदलाई लुटपाट गरेको प्रहरीले बताएको छ ।

हाल महेन्द्रनगर बजारस्थित १ नम्बर गल्लीमा काम गर्ने उनीहरुलाई बाशासहितका तीनै जनाले हामी सादा पोशाकमा खटिएका प्रहरी हौँ भन्दै डराई धम्काई रातिको समयमा अपहरण गरी कलुवापुरको कालिका सामुदायिक जङ्गलभित्र लगेका थिए ।

उनीहरुले पीडित अशरफको मोटरसाइकल, कम्पनीको स्क्रिन टच मोबाइल १ थान, १६ हजार रुपैयाँ र मोहितबाट तीन हजार रुपैयाँ, स्क्रिन टच मोबाइल १ थान, भारतीय आधार कार्ड, सवारी चालक अनुमति पत्र समेतका कागजातहरू लुटपाट गरेका थिए ।

पीडित भारतीय नागरिकहरूले लुटपाटका साथै आफूहरुमाथि कुटपिट समेत भएको भन्दै अस्थायी प्रहरी पोष्ट कलुवापुरमा जानकारी गराएपश्चात इलाका प्रहरी कार्यालय झलारीबाट खटिएको टोलीले बाशा, ल्याङ र भुवनलाई लुटपाटका सामानसहित पक्राउ गरेको थियो ।

पक्राउ परेका तीनै जनामाथि जिल्ला अदालत कञ्चनपुरबाट म्याद थप गरी अनुसन्धान भइरहेको इलाका प्रहरी कार्यालय झलारीले जनाएको छ ।


१५ साउन २०८०, सोमवार १६:१२ बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु