punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

सुदूरपश्चिम प्रदेश सरकार विस्तारको गाँठो फुकाउने सहमति

Chaupati
safha napa

सुदूरपश्चिम प्रदेश सरकार विस्तार बारे प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँग छलफल भएको छ । आज बालुवाटारमा भएको छलफलमा भोलि बिहान शीर्ष नेताहरूबीच सुदूरपश्चिम प्रदेश सरकार विस्तारको गाँठो फुकाउने सहमति भएको हो ।

माओवादी अध्यक्ष समेत रहेका प्रधानमन्त्री प्रचण्डसँग भेट गर्न भूमि व्यवस्था सहकारी तथा गरिबी निवारण मन्त्री समेत रहेकी नागरिक उन्मुक्ति पाटीकी केन्द्रीय अध्यक्ष रन्जिता श्रेष्ठ चौधरी, संरक्षक रेशम चौधरी, सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमल बहादुर शाह, आर्थिक मामिला मन्त्री नरेश बहादुर शाही र उद्योग पर्यटन वन तथा वातावरण मन्त्री रमेश धामी पुगेका थिए ।
प्रधानमन्त्री प्रचण्डसँग नागरिक उन्मुक्तिका नेताहरूले यस अघि भएको सहमति अनुसार सुदूरपश्चिम प्रदेशमा आफ्नो पार्टीलाई २ मन्त्रालय दिनु पर्ने बताएका थिए । मुख्यमन्त्री शाहले केन्द्रबाट प्रदेशको गाँठो फुकाउनु पर्ने बताएका थिए । प्रधानमन्त्री प्रचण्डले सुदूरपश्चिम सरकार विस्तारबारे सहमति गर्न भोली बिहान ९ बर्ष शीर्ष नेताहरू बिच छलफल हुने बताएका छन् । उक्त छलफल पछि प्रदेश सरकार बिस्तार हुने अपेक्षा छ ।
सुदूरपश्चिम प्रदेशमा ७ महिनादेखि भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्रालय मन्त्री विहीन छ भने पृथ्वी बहादुर सिंहको सडक दुर्घटनामा निधन भएपछि अहिले आन्तरिक मामिला तथा कानुन मन्त्रालय पनि मुख्यमन्त्री आफैसँग छ । अहिलेसम्म दुई मन्त्रालयको अडान लिएको नागरिक उन्मुक्ति पार्टीले दुई मन्त्रालय पाउँछ वा एकै मन्त्रालयमा सरकारमा सहभागी हुन्छ भन्ने कुरा भोली शीर्ष नेताहरू बिचको छलफल पछि मात्रै टुुंगो लाग्ने बताइएको छ ।


१५ साउन २०८०, सोमवार १४:४७ बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु