punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

सुनको मूल्य घट्यो

Chaupati
safha napa

नेपाल सुनचाँदी व्यवसायी महासंघले आज सुनको मूल्य तोलामा ३०० रुपैयाँ घटेको जानकारी दिएको छ । महासंघले आजको मूल्यसूची तय गर्दै सुनको मूल्यमा उक्त गिरावट आएको जानकारी दिएको हो ।

आइतबारको तुलनामा ३०० रुपैयाँले घटेपछि आज छापावाल सुनको मूल्य १ लाख १२ हजार ६०० रुपैयाँ छ । यस्तै, तेजाबी सुनको मूल्य तोलामा १ लाख १२ हजार ५० रुपैयाँ छ । हिजो छापावाल सुनको मूल्य तोलामा १ लाख १२ हजार ९०० र तेजाबी सुनको मूल्य तोलामा १ लाख १२ हजार ३५० रुपैयाँ थियो ।

यसैगरी, आज चाँदीको मूल्य पनि घटेको छ । महासंघका अनुसार आज तोलामा ५ रुपैयाँले घटेसँगै चाँदीको भाउ प्रतितोला १४ सय ५० रुपैयाँ कायम छ । हिजो चाँदी प्रतितोला १४ सय ५५ रुपैयाँमा कारोबार भएको थियो ।


१५ साउन २०८०, सोमवार १३:२९ बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु