punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

होटलमा बेहोस फेला परेका युवकको मृत्यु, सँगै बसेकी युवती पक्राउ

Chaupati
safha napa

होटलमा बेहोस अवस्थामा फेला परेका एक युवकको मृत्यु भएको छ। कञ्चनपुरको महेन्द्रनगरमा रहेको डिलाइट होटलमा बेहोस अवस्थामा भेटिएका धनगढीका युुवकको मृत्यु भएको हो।

शुक्रबार होटलमा बेहोस अवस्थामा फेला परेका धनगढी उपमहानगरपालिका–४ बोराडाँडी स्थित भगवती टोलका ३७ वर्षीय विष्णुु पनेरुको शनिबार मृत्यु भएको थियो। जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी नायब उपरीक्षक प्रकाश डाँगीले पनेरुको उपचारका क्रममा सेती प्रादेशिक अस्पतालमा मृत्यु भएको बताए।

उनको मृत्यु भएपछि पनेरु बेहोस अवस्थामा भेटिएको होटलको कोठामा सँगै बसेकी धनगढी उपमहानगरपालिका–१४ फुलबारीकी ३२ वर्षीया सुुमि भनिने सुमित्रा सापकोटालाई पक्राउ गरिएको कञ्चनपुर प्रहरीले जनाएको छ। सापकोटालाई शनिबार धनगढीबाट पक्राउ गरिएको हो। यस विषयमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ


१४ साउन २०८०, आइतवार १६:०४ बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु