punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

धनगढीका दुई युवाले लागुऔषध बाइकको हेडलाइट प्लकभित्र लुकाएको फेला परे

Chaupati
safha napa

प्रहरीले एकैदिन लागुऔषधमा संलग्न ९ जनालाई पक्राउ गरे छ। कैलाली र कञ्चनपुरका विभिन्न क्षेत्रबाट गरी प्रहरीले लागुऔषधसहित ९ जनालाई पक्राउ गरेको हो। धनगढीका दुई युवाले भने लागुऔषध लुकाउन अनौठो आइडिया लगाएका छन्। मोटरसाइकलको हेडलाइट र ईन्जिनिको प्लकभित्र लागुऔषध लुकाई राखेको अवस्थामा फेला परेका छन्।

प्रहरीले टीकापुर नगरपालिका–९ खक्रोला पुल नजिकबाट दुई मिलिग्राम लागुऔषधसहित टीकापुर नगरपालिका–१ का २४ वर्षीय आवाश भट्टराई र सोही स्थानका २५ वर्षीय जीवन रावललाइ शनिबार साँझ पक्राउ गरेको छ। प्रहरी चौकी कालाकुण्डाबाट खटिएको प्रहरी टोलीले लागुऔषधसहित दुबै जनालाई पक्राउ गरेको हो।

त्यस्तै धनगढी उपमहानगरपालिका–३ व्यारेलबाट ६५० मिलिग्राम लागुऔषधसहित गोदावरी नगरपालिका–८ का २१ वर्षीय विवेक चौधरी शनिबार साँझ नै पक्राउ परेका छन्। सोहि स्थानबाट ११० मिलिग्राम लागुऔषधसहित गोदावरी नगरपालिका–१ का २१ वर्षीय संजय गुप्ता र १९ वर्षीय अभिषेक कुसुवालाई समेत शनिबार साँझ प्रहरीले पक्राउ गरेको हो। जिल्ला प्रहरी कार्यालय कैलाली र प्रहरी चौकी त्रिनगरबाट खटिएको संयुक्त प्रहरी टोलीले तीनै जनालाई लागुऔषधसहित पक्राउ गरेको हो।

उता कञ्चनपुरको पुनर्वास नगरपालिका–१० दोदाबाट एक दशमलव २० ग्राम लागुऔषधसहित धनगढी उपमहानगरपालिका–३ मिलनचोकका २८ वर्षीय प्रदिप पाख्रिन र धनगढी उपमहानगरपालिका–१ का ३३ वर्षीय बिकल मगर शनिबार साँझ पक्राउ परेका छन्। सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालय धनगढी र इलाका प्रहरी कार्यालय त्रिभुवन बस्तीबाट खटिएको संयुक्त प्रहरी टोलीले दुबै जनालाई लागुऔषधसहित पक्राउ गरेको हो।

मोटरसाईकलको हेडलाईट प्लक र ईन्जिन प्लकभित्र लागुऔषध लुकाई राखेको अबस्थामा लागुऔषध फेला परेपछि मोटरसाईकलसहित दुबै जनालाई पक्राउ गरिएको प्रहरीले जनाएको छ। त्यस्तै भीमदत्त नगरपालिका–११ गड्डाचौकीबाट पनि शून्य दशमलव २५ ग्राम लागुऔषधसहित बेदकोट नगरपालिका–२ बसन्थलाका २७ वर्षीय धिरेन्द्र रावल र सोहि स्थानका ३० वर्षीय ईश्वर चटौतलाई शनिबार राती प्रहरीले पक्राउ गरेको छ। इलाका प्रहरी कार्यालय गड्डाचौकीबाट खटिएको प्रहरी टोलीले लागुऔषधसहित दुबै जनालाई पक्राउ गरेको हो।


१४ साउन २०८०, आइतवार १५:२८ बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु