punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

महिला विश्वकप फुटबलमा माेरक्काेले दक्षिण काेरियालाई हरायाे

Chaupati
safha napa

फिफा महिला विश्वकप फुटबल २०२३ मा माेरक्काेले दक्षिण काेरियालाई हराएकाे छ ।

आज आइतवार अस्ट्रेलियाकाे हिन्दमार्श स्टेडियममा भएकाे खेलमा माेरक्काेले दक्षिण काेरियालाई १–० गाेलले हरायाे । माेरक्काेका लागि इबतिसम जरिदीले गाेल गरिन् । याे जितसँगै माेरक्काे २ खेलमा ३ अङ्कसहित समूह ‘एच’ काे तेस्राे स्थानमा छ । दुवै खेल हारेकाे दक्षिण काेरिया पुछारमा छ ।

विश्वकपमा अहिले समूह ‘ए’ का नर्वे र फिलिपिन्स तथा स्विट्जरल्यान्ड र न्युजिल्यान्डबीच खेल भइरहेकाे छ । अर्को खेलमा समूह ‘एच’ का जर्मनी र कोलम्बियाबीच दिउँसो सवा ३ बजे खेल हुनेछ ।

आउँदो अगस्ट २० तारिखसम्म हुने विश्वकपमा ३२ टोलीको सहभागिता रहेको छ ।


१४ साउन २०८०, आइतवार १३:५० बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु