सुनचाँदीको मूल्यमा सामान्य वृद्धि, कतिमा हुँदैछ कारोबार?

आज नेपाली बजारमा सुनचाँदीको मूल्यमा सामान्य वृद्धि आएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघकाअनुसार आज सुनको मूल्य प्रतितोला ३०० र चाँदीको मूल्य प्रतितोला ५ रुपैयाँले बढेको हो ।

यससँगै, आज छापावाल सुनको मूल्य तोलामा १ लाख १२ हजार ९०० रुपैयाँ र तेजाबी सुनको मूल्य तोलामा १ लाख १२ हजार ३५० रुपैयाँ कायम छ । गत साताको शुक्रबार छापावाल सुनको मूल्य तोलामा १ लाख १२ हजार ६०० रुपैयाँ र तेजाबी सुनको मूल्य तोलामा १ लाख १२ हजार ५० रुपैयाँ कायम छ ।

गत साताको शुक्रबार सुनको मूल्य तोलामा ९०० रुपैयाँले घटेको थियो । विहीबार छापावाल सुनको मूल्य तोलामा १ लाख १३ हजार ५०० रुपैयाँ कायम थियो भने तेजाबी सुनको मूल्य १ लाख १२ हजार ९५० रुपैयाँ कायम थियो ।
यस्तै, आज चाँदीको मूल्य तोलामा ५ रुपैयाँले बढेर १४ सय ५५ रुपैयाँ कायम छ । गत साताको शुक्रबार चाँदीको मूल्य तोलामा १४ सय ५० रुपैयाँ कायम थियो ।


१४ साउन २०८०, आइतवार १३:४० बजे प्रकाशित

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु