punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

धनगढी उपमहानगरपालिकाका दुई कर्मचारी निलम्बित

Chaupati
safha napa

धनगढी उपमहानगरपालिकाका दुई जना कर्मचारी निलम्बनमा परेका छन्। उपमहानगरपालिकाका प्राविधिक कर्मचारी निलम्बनमा परेको उपमहानगर स्रोतले बताएको छ।

सरकारी बाटो कायम नगरेरै कित्ताकाटका लागि सिफारिस गरेको भेटिएपछि ती कर्मचारी एक महिनाका लागि निलम्बनमा परेको बताइएको छ। जग्गा व्यवसायीले सरकारी जग्गामा भएको बाटो देखाएर कित्ता काटका लागि सिफारिस लगेको पाइएको छ।

फिल्डमा गएर अनुगमन गर्ने र नियमअनुसार काम गर्नुपर्नेमा सो नगरेको पाइएपछि दुबै जना कर्मचारीलाई निलम्बन गरिएको हो।

 


२८ असार २०८०, बिहीवार १५:२८ बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु