सुदूरपश्चिमका यी १५ क्याम्पसलाई खारेज गर्दै त्रिवि !
त्रिभुवन विश्वविद्यालयले सम्बन्धन नवीकरण नगरेका सुदुरपश्चिमका १५ सहित देशका १ सय ७५ क्याम्पस खारेजीको प्रक्रिया थालेको छ।
जस अनुसार सुदुरपश्चिमका १५ कलेज खारेज पर्नेमा कैलालीको धनगढी ५ मा रहेको पश्चिम सेती कलेज, नारायणपुर ८ सतीस्थीत कर्णाली बहुमुखी क्याम्पस, कञ्चनपुर सुडामा रहेको घटाल बहुमुखी क्याम्पस,शिद्धनाथ बहुमुखी क्याम्पस महेन्द्रनगर, कञ्चनपुर २ को उदय सरस्वती क्याम्पस,भारिती कलेज महेन्द्रनगर रहेका छन् ।
यस्तै डोटीको छतिवन २ बुडरमा रहेको छहरा क्याम्पस, दिपायल क्याम्पस सिलगढी, अछामको जनता बहुमुखी क्याम्पस भागेश्वर,बझाङ्गको खपरदेव क्याम्पस कालुखेती छान्ना, शान्तीदिप बहुमुखी क्याम्पस कुश्मी सेरा, डडेल्धुरा ५ अमरगढीमा रहेको माउन्टेन महुमुखी क्याम्पस, बैतडीको निग्लाशैनी क्याम्पस देहीमाण्डु,रौलाकेदार बहुमुखी क्याम्पस रौलेश्वर, शंकर बहुमुखी क्याम्पस मुलखर्ली को खारेजीको प्रक्रिया अघि बढेको हो। तीन पटक सूचना जारी गर्दा पनि नवीकरणमा नआउने क्याम्पसलाई त्रिवि नियमानुसार कारबाही प्रक्रिया अघि बढाइने योजना निर्देशनालयका निर्देशक ध्रुवकुमार गौतमले बताए ।
दुई पटक सूचना प्रकाशित गर्दा पनि नवीकरण प्रक्रियामा नआएका क्याम्पसको खारेजीको प्रक्रिया थालेको हो।
२८ असार २०८०, बिहीवार ११:३१ बजे प्रकाशित































