punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

अत्तरिया उद्योग बाणिज्य संघको अध्यक्षमा बोहरा

Chaupati
safha napa

अत्तरिया उद्योग बाणिज्य संघको अध्यक्षमा कल्याण सिं बोहरा विजयी भएका छन । उनी ५९४ मत पाएर निर्बाचित भएका छन । उनका निकटतम प्रतिस्पर्धी मिना देबी देउबाले ५७० मत ल्याएकी छन् । अध्यक्षका उम्मेदवार कबिराज भट्टले ७३ मत मात्रै पाएका छन ।

बरिष्ठ उपाध्यक्षमा देउवा प्यानलका दल बहादुर खड्काले (उद्योग) ७११, फागुराम चौधरीले (बाणिज्य) ६५२ मत पाएर निर्बाचित भएका छन भने उपाध्यक्षमा बोहरा प्यानलका चेतराज पन्तले (वस्तुगत) मा ६४४ मत पाएर निर्बाचित भएका छन । उपाध्यक्ष पदका प्रतिस्पधि बोहरा प्यानलका यज्ञराज जोशीले (उद्योग) ५३२, देवराज भट्ट (बाणिज्य) ५८२ र देउवा प्यानलका लक्ष्मण बहादुुर धामीले (बस्तुगत) ५७५ मत पाएका छन ।

महासचिबमा बोहरा प्यानलका शंकर बहादुर खड्काले ६२८ मत सहित विजयी भएका छन । महासचिवमा खड्काका प्रतिस्पधी देउवा प्यानलका अर्जुन सिह खड्काले ५९६ मत पाएका छन । कोषाध्यक्ष पदमा बोहरा प्यानलका हेमराज भण्डारीले ६२६ मत पाएर विजयी भएका छन । उनका प्रतिस्पर्धी दिपकराज भट्टले ५९६मत पाएका छन ।

सचिबमा बोहरा प्यानलका दिलिप कुमार साउंदले ६९५ मत पाएर निर्बाचित भएका छन । उनका प्रतिस्पर्धी देउबा प्यानलका हर्क बहादुर बिकले ४९९ मत मात्रै पाए । कार्यसमिती सदस्यमा बोहरा प्यानलका ३ जना र देउबा प्यानलका १ जना निर्बाचित भएका छन । बोहरा प्यानलबाट रमेश भट्टराई, बमबहादुर बोगटी, ज्ञानेन्द्र खड्का र देउबा प्यानलबाट बालकृष्ण ओझा निर्बाचित भएका छन ।


२४ असार २०८०, आइतवार १५:२४ बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु