punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

धनगढीमा लागुऔषधसहित ३ जना युवक पक्राउ

Chaupati
safha napa

धनगढीबाट प्रहरीले लागुऔषधसहित तीन जनालाई पक्राउ गरेको छ । धनगढी उपमहानगरपलिका–३ र ८ बाट तीन जनालाई पक्राउ गरिएको हो ।

धनगढी उपमहानगरपालिका–३ को सब्जिमण्डीबाट १९० मिलिग्राम लागुऔषध खैरोहेरोईन २० वर्षीय ज्ञानु धामी र २० वर्षकै मनोज केसीलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक(डीएसपी) कुलदीप चन्दले जानकारी दिए ।

जिप्रकाबाट खटिएको टोलीले गएराति शंकाका आधारमा उनीहरुलाई चेकजाँच गर्दा लागुऔषधसहित पक्राउ गरेको डीएसपी चन्दले बताए । यस्तै वडा नम्बर ८ को धनगढी गाउँबाट छ मिलिग्राम लागुऔषध (खैरो हेरोईन) सहित ३४ वर्षीय राम बिलाश रानालाई पक्राउ गरिएको छ ।

उनलाई बुधबार साँझतिर पक्राउ गरेको हो । उनीहरु तीनै जनालाई नियन्त्रणमा लिएर अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

 


२१ असार २०८०, बिहीवार १२:०३ बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु