रकस्टार रबिन तामाङको निधन
रकस्टार रबिन तामाङको निधन भएको छ । उनको मंगलबार निधन भएको हो । उनको निधन बूढानीलकण्ठस्थित आफ्नै घरमा भएको हो ।
आफन्तका अनुसार उनको शवलाई पोस्टमार्टमका लागि महाराजगञ्जस्थित त्रिवि शिक्षण अस्पतालमा पुर्याइएको छ ।
दर्जनौँ गीत गाएका रविन अभिनयमा पनि उत्तिकै सक्रिय र लोकप्रिय थिए । चलचित्र ‘चिसो एष्ट्रे’को शीर्ष गीतमा पनि स्वर दिएका उनी ‘रविन एन्ड द न्यू रेभोलुसन’ ब्यान्डका भोकलिस्ट पनि हुन् । उनले छड्केु चलचित्रमा समेत अभिनय गरेका थिए । सन् २००६ मा उनकै नेतृत्वमा रबिन एन्ड द न्यू रेभोलुसन नामक ब्यान्ड खुलेको हो ।
रबिनको मुगलानु नामक एल्बम निकै नै मन पराइएको थियो । उक्त एल्बममा प्रवासी नेपालीको दुस्खसुख समेटिएका गीत समावेश छन् । बेलायती सैनिकका छोरा रबिन सिंगापुरमा सन् १९६३ मा जन्मिएका थिए । बाबुको जागिर सरुवासँगै उनी पनि सानैमा विभिन्न देश पुगेका थिए ।
२० असार २०८०, बुधवार ०७:२२ बजे प्रकाशित































