punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

एसईईको नतिजा अबको दुई दिनभित्र सार्वजनिक गर्ने तयारी

Chaupati
safha napa

काठमाण्डौ । राष्ट्रिय परीक्षा बोर्डले माध्यमिक शिक्षा परीक्षा (एसईई) – २०७९ को नतिजा अबको दुई दिनभित्र सार्वजनिक गर्ने तयारी गरेको छ ।

गएको चैतमा भएको एसईई परीक्षाको नतिजा अबको दुई दिनभित्र सार्वजनिक गर्ने गरी अन्तिम तयारी भएको राष्ट्रिय परीक्षा बोर्डले जनाएको छ ।

बोर्डका अनुसार उत्तरपुस्तिका परीक्षण गरेर तथ्याङ्क प्रविष्ट गर्ने कामसमेत सकिएको र रुजु गर्ने काम भैरहेको छ ।

नतिजा सार्वजनिक गर्ने अन्तिम निर्णयका लागि आज बोर्ड बैठक बोलाइएको छ ।

सकेसम्म भोलि नै र प्राविधिक कारण तयारी नसके पर्सि शुक्रवारसम्म नतिजा सार्वजनिक गर्ने बोर्डले जनाएको छ ।

चैत १७ गतेदेखि २९ गतेसम्म सञ्चालन भएको यसवर्षको एसईईमा देशभरबाट झण्डै ४ लाख ८५ हजार विद्यार्थी सहभागी भएका थिए ।

बोर्डले नतिजा लेटर ग्रेडिङ निर्देशिका–२०७२ अनुसार नै सार्वजनिक गर्ने निर्णय गरिसकेको छ ।

परीक्षाफल विभिन्न वेबसाइट, एसएमएस र आईभीआरबाट प्रकाशन हुनेछ ।

बोर्डका अनुसार नतिजा सार्वजनिक भएपछि नेपाल टेलिकमको एसएमएस र आईभीआर १६००, बोर्डको वेबसाइट डब्लूडब्लूलब्लू डट एसईई डट जिओभी डट एनपी, डब्लूडब्लूलब्लू डट एनईबी डट जिओभी डट एनपी, नेपाल टेलिकमको डब्लूडब्लूडब्लू डट एसईई डट एनटीसी डट एनईटी डट एनपीलगायतबाट हेर्न सकिनेछ ।


२० असार २०८०, बुधवार ०८:१७ बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु