वर्षाका कारण सुदूर पहाडका विभिन्न सडक अवरुद्ध
वर्षाका कारण सुदूर पहाडका विभिन्न सडक अवरुद्ध
वर्षासँगै आएको पहिरोका कारण सुदूर पहाडका अधिकांश सडक अवरुद्ध बनेका छन्। प्रहरीले दिएको जानकारी अनुसार दार्चुला, शैल्यशिखर नगरपालिका–६ पनेबांज र मालिकार्जुन गाउँपालिका–३ तेर्छालेकस्थित गोकुलेश्वर–दार्चुला हाईवे सडक खण्डमा शुक्रबार बिहान आएको बर्षाका कारण पहिरो जाँदा सडक अवरोध भएको छ।
त्यस्तै अछामको बान्निगढी जयगढ गाउँपालिका–४, कचरेटी खोला–मंगलसेन–साँफे सडकखण्ड, दार्चुलाको शैल्यशिखर नगरपालिका–६, पनेबाँज र मालिकार्जुन गाउँपालिका–४ तेर्छालेक, गोकुलेश्वर–दार्चुला हाइवे सडकखण्ड, बैतडीको सुर्नया गाउँपालिका–८ आलुगैरा, जयपृथ्वी राजमार्गमा खोडपे–बझाङ सडकखण्ड अवरुद्ध भएका छन्।
मनसुन र भारी वर्षाका कारण विभिन्न स्थानहरूमा पहिरोले गर्दा सडक अवरुद्ध रहेको र प्रहरी परिचालन भई बाटो खुलाउने प्रयास भइरहेको छ। वर्षाका कारण पहिरो जाँदा सडक अबरुद्ध भएकाले खुलाउने प्रयास भइरहेको प्रहरीले जनाएको छ। पहिरोका कारण लामो तथा छोटो दुरीका यातायात सेवा प्रभावित बन्न पुगेको छ।
१५ असार २०८०, शुक्रवार १३:५२ बजे प्रकाशित































