punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

कञ्चनपुरमा अवैधरुपमा मेडिकल सञ्चालन गर्दै आएका ११ भारतीयलाई प्रहरीले गर्यो सार्वजनिक

Chaupati
safha napa

कञ्ञ्चनपुरका विभिन्न पालिकामा लामो समयदेखि अवैधरुपमा औषधि पसल सञ्चालन गर्दै आएका ११ भारतीय नागरिकलाई कञ्चनपुर प्रहरीले सार्वजनिक गरेको छ। जिल्ला प्रहरी कार्यालयले हिजो मंनलबार पत्रकार सम्मेलन गरी उनीहरुलाई सार्वजनिक गरेको हो।

दोधारा चाँदनी नगरपालिकामा अवैधरुपमा औषधि पसल सञ्चालन गर्ने नौ तथा भीमदत्त नगरपालिका–९ ब्रहमदेव र भीमदत्त–१३ साझा चौराहमा सञ्चालन गर्दै आएका दुई भारतीय नागरिकलाई प्रहरीले सार्वजनिक गरेको हो।

पक्राउ पर्नेमा भारतको उधमसिंहनगर खटिमाका २६ वर्षीय सञ्जय विश्वास, भारतको पिलिभित नौजलियाका ४६ वर्षीय राजेश विश्वास, पिलिभित महाराजपुरका ४५ वर्षीय सन्तोष सरकार, पिलिभित रानिकलौनी पोष्ट मजौलाका ४४ वर्षीय सुन्धासु हल्दार, उधमसिंहनगर खटिमाका २३ वर्षीय रवि विश्वास, खटिमाकै ३२ वर्षीय कार्तिक सरदार, ३८ वर्षीय निवास गाइन, ४९ वर्षीय निरञ्जन अधिकारी, २५ वर्षीय भूपेन्द्र पुरी, पिलिभित न्यूरियाका ३५ वर्षीय शान्तिरञ्जन बैरागी र नोदिया पोष्ट इटापुकुरका ३९ वर्षीय गोकुल मण्डल रहेका छन्।

“औषधि पसलमै असुरक्षितरुपमा गर्भपतन समेत गरेको अनुसन्धान क्रममा पाइएको छ”,प्रहरी उपरीक्षक कमल थापाले भने, “प्रहरीको खोजीकार्यपछि औषधी व्यवस्था विभागले पनि चासो देखाएको छ।” अनाधिकृत रुपमा औषधि पसल सञ्चालन गर्ने अन्यको पनि खोजी थालिएको उनले बताए।


१३ असार २०८०, बुधवार ११:३५ बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु