punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

कञ्चनपुरमा टिप्पर र मोटरसाइकलको ठक्करबाट एक जनाको मृत्यु

Chaupati
safha napa

कञ्चनपुरमा टिप्पर र मोटरसाइकल एक आपसमा ठोक्किदा एक जनाको मृत्यु भएको छ।

जिल्लाको पुनर्वास नगरपालिका–५ सिमरीमा टिप्पर र मोटरसाइकल एकआपसमा ठोक्किँदा स्थानीय ५५ वर्षिय मोतिलाल रानाको आज बिहान मृत्यु भएको हो। धनगढीतर्फ आइरहेको सुपप्र ०१—००१क २२०० नम्बरको टिप्परसँग हुलाकी सडकमा से४प २२७१ नम्बरको मोटरसाइकल ठोक्किएको थियो।

दुर्घटनामा घाइते भएका रानाको उपचारका क्रममा मृत्यु भएको हो। टिप्पर र चालकलाई ईलाका प्रहरी त्रिभुवनबस्तीले नियन्त्रणमा लिएको प्रहरी निरीक्षक नरेशराज मल्लले बताए।


१२ असार २०८०, मंगलवार १३:५८ बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु