भारतले सुरु गर्यो मानिसमा कारोना भ्याक्सिनको ट्रायल परीक्षण
काठमाडौँ , २ साउन। भारतले कोरोनाको भ्याक्सिनको मानिसमा ट्रायल परिक्षण शुरु भएको छ । भारतले कोभ्याक्सिन नाम दिइएको उक्त भ्याक्सिनलाई भारतको बायो टेकले बनाएको हो ।
हरियाणाका स्वास्थ्यमन्त्री अनिल विजले भारतमा बनिरहेको कोरोनाको भ्याक्सिनको भारतमा मानवीय ट्रायल शुरू भएको जानकारी दिएका छन् ।
यस अघि नै भारतले यो भ्याक्सिनको मुसामा सफल प्रयोग गरिसकेको छ । अब मानिसमा यसको ट्रायल शुरु गरिएको हो । मन्त्री विजका अनुसार अहिले जसलाई यो भ्याक्सिन दिइएको छ उनीहरुलाई अहिलेसम्म कुनै नराम्रो प्रभाव नदेखिएको बताएका छन् ।
कोरोनाविरुद्धको भ्याक्सिन बनाउन अहिले विश्वका कैयौं वैज्ञानिक र औषधि कम्पनिहरु लागिरहेका छन् । अहिले अमेरिकामा बनिरहेको भ्याक्सिन र बेलायतमा अक्सफोर्ड युनिभर्सिटीले बनाएको भ्याक्सिनको पनि ट्रायल अगाडी बढेको छ ।
२ साउन २०७७, शुक्रवार १२:१० बजे प्रकाशित













