पछिल्लो २४ घण्टामा थपिए १०१ जना कोरोना संक्रमित
काठमाडौं, साउन २
नेपालमा आज कोरोना भाइरसका १०१ जना संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा। जागेश्वर गौतमका अनुसार पछिल्लो २४ घण्टामा १०१ जना संक्रमित थपिएका हुन् । यो संगै नेपालमा कुल कोरोना संक्रमितको संख्या १७ हजार ४४५ पुगेको छ ।
देशभर सक्रिय संक्रमितको संख्या ५ हजार ८७१ रहेको छ । ७७ जिल्ला मध्ये देशभरका पाँच जिल्ला संक्रमण मुक्त छन् । प्रवक्ता गौतमका अनुसार धनकुटा, भोजपुर, मनाङ, मुस्ताङ र हुम्ला गरी पाँच जिल्ला कोरोना भाइरस संक्रमण मुक्त रहेकाछन् ।
पाँच सयभन्दा बढी कोरोना भाइरस संक्रमित भएका जिल्लाहरुमा महोत्तरी, रौतहट, पाल्पा, कैलाली र बाजुरा रहेका छन् ।
२ साउन २०७७, शुक्रवार ११:१६ बजे प्रकाशित













