punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

मौद्रिक नीति सार्वजनिक, ब्याजदर ५ प्रतिशतमा सीमित रहने

Chaupati
safha napa

काठमाडौं, साउन २ । चालू आर्थिक वर्ष २०७७/०७८ को मौद्रिक नीति सार्वजनिक भएको छ। राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले मौद्रिक आज नीति सार्वजनिक गरेका हुन्।

मौद्रिक नीतिमार्फत राष्ट्र बैंकले बैंकहरुलाई वि.सं. २०८० सम्म कुल कर्जा लगानीको १५ प्रतिशत लगानी गर्नुपर्ने उल्लेख गरेको छ। त्यस्तै, ऊर्जातर्फ वाणिज्य बैंकहरुले न्यूनतम १० प्रतिशत कर्जा वि।सं। २०८१ सम्म कर्जा लगानी गर्नुपर्ने भएको छ। साथै सहुलियत कर्जाको सरल कार्यान्वयन गर्नुपर्ने, तरलता व्यवस्थापन गरिने जनाइएको छ।

त्यस्तै, भुक्तानी प्रणालीलाई विद्युतीय कारोबार प्रणालीमा लगिने, कम्तीमा ७ महिनाको वस्तु र सेवा धान्न विदेशी मुद्रा सञ्चिति गरिने, विस्तृत मुद्रा प्रदायको विस्तार १८ र निजी क्षेत्रको कर्जा विस्तार २० प्रतिशतले गरिने, ब्याजदर करिडोर दर ५ प्रतिशतमा सीमित रहने र आर्थिक पुनरुत्थानका लागि रिपो सुविधा उपलब्ध गराइने भएको छ।


२ साउन २०७७, शुक्रवार १०:२६ बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु