punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

गेटा मेडिकल विश्वविद्यालय बनाउनुपर्ने माग गर्दै कैलाली प्रशासनमा धर्ना

Chaupati
safha napa

सरकारले मन्त्रिपरिषदबाट माघ २९ गते गरेको निर्णय अनुसार गेटामा शहीद दशरथ चन्द राष्ट्रिय स्वास्थ्य विज्ञान विश्वविद्यालय बनाउन माग गर्दै धर्ना दिइएको छ ।

शहीद दशरथ चन्द राष्ट्रिय स्वास्थ्य विज्ञान विश्वविद्यालय सघर्ष समितिले विश्वविद्यालय बनाउन माग गर्दै जिल्ला प्रशासन कार्यालय कैलालीको मूल गेटमा धर्ना दिएको हो ।

सरकारले गेटामा विश्वविद्यालय बनाउने निर्णय गरेर नीति कार्यक्रममा पनि समेटिएपनि अगामी आर्थिक वर्षको बजेटमा शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान प्रतिष्ठानका रुपमा स्थापना गर्ने उल्लेख गरेपछि सघर्ष समितिले आन्दोलन गर्दै आइरहेको छ ।

सोही क्रममा संघर्ष समितिले बिहान साढे १० बजे देखि आधा घण्टा प्रशासनको मूल गेट अगाडि धर्ना दिएको थियो ।समितिले गेटामा ६ सय शैय्याकै अस्पताल पनि संचालन गरिनुपर्ने माग गर्दै आइरहेको छ ।

संघर्ष समितिका संयोजक लोकराज पाण्डेले आफूहरुका माग पुरा नभएसम्म आन्दोलनका कार्यक्रम जारी रहने बताए ।संघर्ष समितिले शनिबार गेटा मेडिकल कलेजको गेटमा सडक बहस कार्यक्रम संचालन गरेको थियो ।

 


२१ जेठ २०८०, आइतवार १४:१२ बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु