punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

एमालेको अवरोधका कारण राष्ट्रिय सभा बैठक पनि स्थगित

Chaupati
safha napa

नेपाल नागरिकता ऐन २०६३ लाई संशोधन गर्न बनेको विधेयक राष्ट्रपति रामचन्द्र पौडेलले प्रमाणीकरण गरेपछि विपक्षी दलहरु विरोधमा छन्। सोही विषयमा आइतबारको प्रतिनिधि सभामा एमालेसहित विपक्षी दलहरु राष्ट्रिय स्वतन्त्र पार्टी र राष्ट्रिय प्रजातन्त्र पार्टीले विरोध गरेका थिए।

आइतबार राष्ट्रिय सभाको बैठक सुरु हुने वित्तिकै प्रमुख प्रतिपक्ष दल नेकपा एमालेका सांसदहरुले उठेर विरोध जनाएका थिए। राष्ट्रिय सभा सदस्य भैरव सुन्दर श्रेष्ठले राष्ट्रपतिले विवादित नागरिकता विधेयकलाई प्रमाणीकरण गरेको भन्दै आपत्ति जनाए।

प्रधानमन्त्रीले माफी नमागेसम्म एमालेले संसद्‌ चल्न नदिने

उनले भने, ‘नागरिकता दिने सवालमा यो देशमा जन्मेका सबै नेपाली नागरिकहरुले वंशजको आधारबाट नेपालको नागरिकता प्राप्त गर्नुपर्छ भन्नेमा हामी प्रष्ट छौं। नेकपा एमाले प्रष्ट छ। वंशजको आधारमा जन्मेका नागरिकहरुले लामो समयदेखि नागरिकता प्राप्त गरेका थिएनन्। नागरिकता नपाएकै कारण राज्यले दिने सेवा सुविधाबाट बञ्जित हुनु परेको छ।’

उनले नागरिकता विधेयक पुनः संसद्‌मा ल्याएर पारित गर्नु पर्नेमा जोड दिए। सांस श्रेष्ठले राष्ट्रपतिबाट कीर्ति र जालसाजी हुने गरी नागरिकता विधेयक प्रमाणीकरण भएको समेत जिकिर गरे।

राष्ट्रिय सभाको बैठक सोमबार दिउँसो १:१ बजे बस्नेगरी स्थगित भएको छ।


२१ जेठ २०८०, आइतवार १४:२४ बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु