punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

दोस्रो खप्तड–शैलेश्वरी म्याराथन प्रतियोगितामा खड्का पहिलो

Chaupati
safha napa

डोटीमा सञ्चालित खप्तड–शैलेश्वरी हाई अल्टिच्युट म्याराथन प्रतियोगिता नेपाली सेनाका खडकबहादुर खड्काले जितेका छन् । उनले खप्तड–शैलेश्वरी ४२ किलोमिटरको दुरी २ घण्टा ३७ मिनेट ४६ सेकेण्डमा पार गरी उपाधि जितेका हुन् ।

प्रतियोगितामा त्रिभुवन आर्मी क्लवकै नरेन्द्र सिंह रावत दोस्रो भएका छन् । उनले उक्त दुरी २ घण्टा ३९ मिनेट ३४ सेकेण्डमा पार गरेका छन् । यस्तै, कर्णाली स्पोर्टस् क्लबका वीरेन्द्र पाण्डे २ घण्टा ४२ मिनेट ४४ सेकेण्डमा दूरी पार गरेर तेस्रो भएका छन् ।

महिलाहरुबीच प्रतिस्पर्धा भएको हाफ म्याराथनमा त्रिभुवन आर्मी क्लबकै पूर्णलक्ष्मी न्यौपाने पहिलो भएकी छन् । उनी झिग्राना–सिलगढीको दुरी १ घण्टा १४ मिनेट १० सेकेण्डमा पार गरेर पहिलो भएकी हुन् । नेपाल प्रहरीकी रेखा विष्ट १ घण्टा २२ मिनेट १० सेकेण्डमा दूरी पार गरे दोस्रो भइन् भने नेपाली सेनाको भैरवप्रसाद गणकी सुन्तला कडायत १ घण्टा २६ मिनेट ८ सेकेण्डमा निर्धारित दूरी पूरा गरेर तेस्रो भइन् ।


१८ जेठ २०८०, बिहीवार ०४:३१ बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु